राष्ट्रिय बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

२५ बैशाख २०७९, आईतवार १०:२५

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेप राख्नका लागि बैक तथा वित्तीय संस्थालाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गको वाणिज्य, विकास र वित्त कम्पनीहरुलाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले वैशाख २५ गतेदेखि वैशाख ३१ गते कार्यालय समयभित्र कम्पनीको प्रधान कार्यालय, कोठा नं. ४०४ मा प्राप्त हुनेगरी आवश्य विवरण पूर्ण रुपले उल्लेख गरी प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*