पास्नीको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

२४ बैशाख २०७९, शनिबार ०८:१५

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रमममा सिन्धुपाल्चोक, सिपाघाट बजार घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका राजेन्द्र दनुवारले आफ्नो छोरा रियास दनुवारको पास्नीको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी सातदोबाटो शाखाका एजेन्सी म्यानेजर विकाश श्रेष्ठको उपस्थितिमा उनले आफ्नो छोराको उज्ज्वल भबिस्यमा हुने जोखिम सुरक्षाका लागी उक्त बीमा पोलिसी उपहार दिएका हुन् ।

सो अवसरमा दनुवारले अहिले समय महंगी बढी रहेको कुनैपनि कार्य गर्दा तडक भडक भन्दा आवश्यकताको उपलब्धि मुलक कार्य गर्नुेपर्ने भन्दै भावि जीवनको सुरक्षणको लागि बाल बीमा योजनाको बीमा पोलिसी दिएको बताए ।

विभिन्न पर्व, उत्सव, पास्नी तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम सुरक्षण हुने भएकोले छोरालाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा योजना दिएको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*