व्यतित बीमालेख भनेको के हो ? नविकरण गराउने यस्ता छन् तरिका

२४ बैशाख २०७९, शनिबार ०८:००

काठमाडौं । बीमा कम्पनीहरुमा बीमा गराएपछि बीमितहरुले निश्चित समयअवधिभित्र बीमालेख नविकरण गराएका हुन्छन् । यदि बीमापोलिसी खरिद गरिसकेपश्चात् पनि तोकिएको समयअवधिमा बीमितले आफनो बीमलेख नविकरण नगराएको खण्डमा भने व्यतित हुन्छ । बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि आफ्नो बीमालेख नवीकरण गर्ने प्रावधान रहेको छ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुले बीमितहरुका लागि बीमा शुल्क बुझाउन थप समय दिएका हुन्छन् । मासिक बीमा शुल्क बुझाई बीमालेख खरिद गरेमा १५ दिन र अन्य प्रकारको किस्तामा बीमालेख नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको समय दिइएको हुन्छ ।

उक्त अवधिभित्र पनि नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ । अर्थात, उक्त बीमालेखले बीमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जसलाई बीमालेख व्यतित भनिन्छ । म्यादी बीमाको हकमा भने यो प्रावधान लागू हुँदैन ।बीमालेख व्यतित हुनु भनेको बीमित र बीमक दुबैको हित विपरित हो । बीमकले बीमा शुल्क पाउँदैन भने बीमितले कम्पनीले दिने सुविधा पाउँदैनन् ।

कम्पनीको प्रावधान अनुसार व्यतित बीमालेख नविकरण गराउने प्रकृयाहरु फरक फरक रहेका हुन्छन् । विलम्ब दस्तुरका लागि कम्पनीहरुले सूचना जारी गरेर नविकरण छुट दिने व्ववस्था पनि गर्ने गर्दछन् । कतिपय बीमकले किस्ताबन्दीमा पनि गरिदिन सक्छन् ।

बीमाशुल्क भुक्तान गरिने अवधिको आधारभुत बीमकले कम्तीमा ६ महिनाको बीमा शुल्क भुक्तान गरिने अवधिको आधारमा बीमालेख सक्रिय हुन्छ । बाँकी बीमाशुल्क र व्याज बढीमा दुई वर्षभित्र भुक्तान गर्नुपर्दछ र आगामी बीमा शुल्क नियमित बीमाशुल्क तिरेको हुनुपर्छ ।

बीमालेख धितो राखेर कर्जा लिदाँ नेपाल सरकार तथा बीमा ऐनअन्तर्गत रु १० को टिकट टाँसेर तमसुकमा विवरण भरेर दायाँ बायाँ औँठाछाप लगाई पेश गर्नुपर्दछ ।
व्यतित बीमालेख विशेष नविकरण प्रक्रिया कुनै कुनै कम्पनीहरुले संचालनमा ल्याएका छन् । यसमा बीमालेख पुनर्जागरण गर्ने मितिदेखि बीमितको उमेरको आधारमा नयाँ बीमाशुल्क कायम गरिन्छ ।

बीमालेख व्यतित भएको ६ महिना पुगेको र बढीमा बीमाशुल्क नतिरेको तीन वर्षभन्दा कम अवधिको हुनुपर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*