खप्तड लघुवित्तले आइपीओ निष्काशनका लागि बोर्डमा माग्यो अनुमति
२३ बैशाख २०७९, शुक्रबार १४:३५
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल रहेको छ । बोार्डले आइपीओ निष्काशनको लागि अनुमति दिएसँगै कम्पनीले प्रकृया अगाडि बढाउने छ ।