युनियन लाइफको अध्यक्षमा सुलभ अग्रवाल पुन: निर्वाचित

२३ बैशाख २०७९, शुक्रबार १४:१२

काठमाडौं । युनियन लाइफको अध्यक्षमा पुन सुलभ अग्रवाल निर्वाचित भएका छन् । कम्पनीको चौथौ साधारणसभाले अध्यक्ष सुलभ अग्रवाललाई पुन: निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारणतर्फ सिताराम अग्रवाल, सचिन आचार्य सर्वसाधारणको तर्फबाट सञ्चालक चयन भएका छन् ।

 

साधारणसभाबाट सञ्चालकहरुमा सुलभ अग्रवाल, संदिप अग्रवाल, जीवन अग्रवाल र सीमा गोल्छालाई निर्विरोध चयन गरेको छ । त्यसैगरी, विज्ञ सञ्चालकको रुपमा दिगम्वर झालाई चयन गरेको कम्पनीले जनाएको छ ।

आजै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा सुलभ अग्रवाललाई चयन गरेको हो । नव निर्वाचित अध्यक्ष अग्रवालले बीमा समितिबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*