हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

२३ बैशाख २०७९, शुक्रबार १३:५३

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले वैशाख २२ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयरबजारमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

हिजो यी दुवै कम्पनीले मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले हस्ताक्षर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुई कम्पनी एकआपसमा मर्जरमा जाने भएसँगै धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का राख्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निवेदन दिएबमोजिम वैशाख २३ गतेदेखि लागू हुनेगरी दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।

यी दुवै कम्पनीको मर्जरपछि बन्ने कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ७७ लाख ३२ हजार रुपैयाँ हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*