युनियन लाइफको साधारण सभा सम्पन्न, आगामी वर्षदेखि उचित प्रतिफल दिने अध्यक्षको प्रतिबद्धता

२३ बैशाख २०७९, शुक्रबार १४:०९

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो ।

उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने र बीमितहरुलाई बोनसदरमा राम्रो प्रतिफल दिने गरी कम्पनीलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७६।७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आ.व २०७६÷७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी सो सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७।७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन बमोजिम एकाउन्टेण्टस् पूनः नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकतर्फ संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई संचालकहरु गरी ६ जना संचालकहरु निर्विरोध निर्वाचन समेत गरेको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पुनः नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने गाभ्ने गाभिने,प्राप्ती गर्ने गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने कार्यको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

इन्स्योरेन्सले गत असार २४ गतेदेखि सर्वसाधारणहरुमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको करिब एक वर्ष हुन लागेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*