रुरु जलविद्युत परियोजनाको नाफा ३२ प्रतिशतले बढ्यो
काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिको वर्षको तेस्रो त्रैमासमो ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको भन्दा ३१.९२% ले धेरै हो । गत वर्ष यसले ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ९.८५% ले बढेर १३ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।यस्तै, वित्तीय लागतहरु पनि घटाएपछि खुद नाफामा सुधार भएको देखिन्छ । गत वर्ष १ करोड ९७ लाख रुपैयाँ रहेको लागत घटाएर अहिले १ करोड २० लाख रुपैयाँमा झरेको छ ।
कर्जा तिर्दै जानु, समग्र परियोजनाको लागत घट्नु लगायतका कारणले विद्युत विक्रीबाट हुने आम्दानी थोरैमात्र वृद्धि भए पनि नाफामा राम्रो प्रभाव परेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १२ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ १२ पैसा छ ।