विद्युत बिक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नोक्सानी घट्यो, इपिएस कति ?

२३ बैशाख २०७९, शुक्रबार ११:५६

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीको कम्पनीको नोक्सानी घटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीेले यस अवधिसम्म आफ्नो नोक्सानी घटाउँदै ५ लाख १२ हजार रुपैयाँ पुर्याएको छ ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको हो । यस अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १० करोड ६३ लाख रुपैयाँ पुगको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी ५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

हाल यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोष भने ९ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ (वार्षिक) नोक्सानमा रहेको यसको प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*