मिथिला लघुवित्तको नाफा ५ करोड ११ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १.७६ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्म संस्थाले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घटेको छ । यसकारण पनि संस्थाको नाफामा सामान्य गिरावट आएको हो । खुद ब्याज आम्दानी ९.३९ प्रतिशतले बढेर ९ करोड २६ लाख रुपैयाँ पुगको छ भने संचालन नाफा ३.७२ प्रतिशतले घटेर ६ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ ।
संचालन नाफा घटेसँगै संस्थाको खराब कर्जा समेत बढेको छ । गत आवमा ०.५८% मात्रै रहेको खराब कर्जा यस अवधिसम्म बढेर ३.४९% पुगेको छ । यसकारण पनि संस्थाले नाफामा सुधार गर्न नसकेको हो ।
समिक्षा अवधिसम्म संस्थाले १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ भने ६४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी १२ प्रतिशतले बृद्धि भएर १३ करोग ६३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १२.२८ प्रतिशते बढेर १४ करोड ७९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
त्यस्तै, प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । यस अवधिसम्म संस्थाको इपिएस ६.८९ रुपैयाँले घटेर ४९.१७ रुपैयाँमा सीमित भएको छ । सार्थै प्रतिशेयर नेटवर्थ २०८.५१ रुपैयाँ पुगेको छ ।