वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दुई महिनाभित्रै आईपीओमा कोटा दिने
२३ बैशाख २०७९, शुक्रबार ११:४२
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने भएको छ। बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ ।
जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात कार्यविधि बनाएर कार्यान्वयनमा आउने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पूँजीबजार सम्मेलनमा हमालले यस्तो प्रक्रिया दुई महिनाभित्र पुरा हुने बताए । आगामी आर्थिक वर्षको सुरुवातबाटै यो व्यवस्था लागू गर्ने बोर्डको तयारी छ ।
साथै बोर्डले बुकबिल्डिङमा प्रक्रियालाई अत्याधिक पारदर्शी बनाउन लागिएको पनि जानकारी दिए । रियल सेक्टरका कम्पनीहरु