माउण्टेन इनर्जी नेपालको खुद नाफामा आकर्षक सुधार, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । माउण्टेन इनर्जी नेपालको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
यो नाफा गत वर्षको भन्दा ७५४.०६% ले धेरै हो । गत वर्ष कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको खुद नाफाको रेखा माथितिर लागेको हो । गत वर्ष यसले ९ करोड ४३ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी बढेर २१ रुपैयाँ ७० पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा मात्र थियो । प्रतिसेयर नेटवर्थ पनि ११७ रुपैयाँ ५० पैसाबाट बढेर १४२ रुपैयाँ १२ पैसा पुगेको छ ।