यूनियन लाइफको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

२३ बैशाख २०७९, शुक्रबार १०:२०

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आज साधारणसभा हुँदैछ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आ।व२०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्नेछ ।

सभाले आ।व। २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन बमोजिम एकाउन्टेण्टस् पूनः नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले संचालकतर्फ संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई संचालकहरुको निर्वाचन गर्ने र प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले खन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने गाभ्ने गाभिने,प्राप्ती गर्ने गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने कार्यको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*