हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति

२२ बैशाख २०७९, बिहीबार १८:१५

काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको छ । दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । आज भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीका सञ्चालक समितिका सदस्यहरुका बीचमा छलफल पश्चात भएको हस्ताक्षर कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा मुख्य शेयर होल्डर खेतान ग्रुपका राजेन्द्र खेतान समेत उपस्थिति थिए ।

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि उनीहरू मर्जरमा जान लागेका हुन् । यसअघि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान खोजेको भएपनि कौडीको भाउमा खान खोजेपछि मर्जर प्रक्रिया बीचैमा भाँडिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*