अप्पर हेवाखोला जलविद्युतले २० लाख कित्ता आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
२२ बैशाख २०७९, बिहीबार १७:०६
काठमाडौं । अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आज (वैशाख २२)गते बोर्डबाट आइपीओ जारी गर्न अनुमति प्राप्त गरेको हो ।
अनुमति पाएसँगै कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निष्काशन गर्नेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणमा आइपीओ जारी गर्नेछ ।
पहिलो चरणमा स्थानीय बासिन्दालाई आइपीओ जारी गरेर कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । आइपीओ जारी गर्ने मिति अब चाँडै तोक्ने कम्पनीले जनाएको छ ।
आइपीओ जारी पश्चात् कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।