थप ५ ऐच्छिक सुबिधा सहित रिलायबल नेपाल लाइफको सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक

२२ बैशाख २०७९, बिहीबार १७:०२

काठमाडौं  ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक गरेको छ। समयसापेक्ष नयाँ नयाँ जीवन वीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीले ब्यक्ति अनुकुल मौलिक तथा उत्रत जीवन बीमा योजनाहरु ल्याएकोछ साथै आधुनिक प्रविधि प्रयोग गरि सरल, भरपर्दो र बिश्वसनीय सेवा दिँदै डिजीटल बजारीकरणको माध्यमबाट जनमानसमा बिक्री गर्ने र देशभरि नै आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।

समयसापेक्ष नयाँ नयाँ जीवन वीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको छ ।

सुलभ बाल जीवन बीमा प्लस योजना नाफामा सहभागी हुने सावधिक जीवन बीमा हो । भर्खरै जन्मेको बच्चाको समेत जीवन बीमा गर्न सकिने यो योजनामा सावधिक जीवन बीमामा भएका सबै बिषेशताहरु रहेका छन । यो योजना आफ्ना सन्तानको उज्जवल भविष्य निर्माण गर्न अभिभावकहरुको रोजाइमा पर्ने गर्दछ ।

यो योजनाले सुरक्षा र बचतको संयोजन प्रदान गर्दछ । हरेक नेपाली अभिभावकको आफ्ना सन्तति प्रतिको जिम्मेवारी पुरा गर्न सहयोग पुयाउने उद्देश्यका साथ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यो योजना ल्याएको हो । यस योजनामा (नेपालमै पहिलो पटक) प्रस्तावकका लागी विभिन्न ५ वटा थप ऐच्छिक सुबिधाहरु लिन सकिन्छ ।

समय छँदै बालबालिकाको जीवन बीमा गर्दा हुने फाइदाहरु :

१. परिपक्वता मुल्य बढ्दछः कम उमेरमा छोराछोरीको जीवन बीमा गर्दा बढी अवधीको बीमा सम्भव हुने हुँदा बीमा अवधी समाप्तिमा परिपक्वता मुल्य समेत बढ्दछ ।

२. जोखिम बहन छिटो शुरु हुन्छः छोराछोरीको कम उमेरमा जीवन बीमा गराउंदा छिटो जोखिम बहन शुरु हुन्छ ।

३. बचत गर्ने कामको शुरुवात हुन्छः बीमाशुल्क भुक्तान गर्नु भनेको बचत गर्नुहो तसर्थ छोराछोरीको जीवन बीमा गरेर उसको भविष्य निर्माण गर्नको लागी बचतको थालनी गर्न सकिन्छ ।

४. बचत, सुरक्षा तथा उचित प्रतिफल एकैसाथ प्राप्त हुनेः जीवन बीमा गर्दा छोराछोरीको उज्जवल भविष्य बनाउने अभियानमा महत्वपुर्ण उपलब्धि हासिल गर्न एकमुष्ठ रकमको ब्यवस्था हुनुको साथै जोखिम बहन भइ सुरक्षित रहन सकिन्छ ।

५. उच्च शिक्षाको लागी एकमुष्ठ रकमको ब्यवस्था हुनेः अभिभावकले सन्तानलाई दिने उत्कृष्ठ उपहार भनेको उचित शिक्षा नै हो । राम्रो शिक्षा दिलाउन प्रशस्त रकम आवश्यक पर्दछ । जीवन बीमालेख परिपक्व हुँदा प्राप्त हुने एकमुष्ठ रकमलाइ छोराछोरीको उच्च शिक्षाको लागी उपयोग गर्न सकिन्छ । तसर्थ, छोराछोरी प्रतिको साँचो माया दर्शाउने उत्तम तरिका भनेकै उसको नाममा जीवन बीमालेख खरिद गर्नु हो ।

६. आवश्यकता पर्दा बीमालेख कर्जा लिन सकिनेपुरा तीन बर्षको बीमाशुल्क भुक्तानी गरेपछि तथा बीमा शुरु मिति देखी तीन बर्ष अवधि पछि समर्पण मुल्यको ९०% सम्म कर्जा लिन सकिनेछ ।

८. प्रस्तावकको पनि जोखिम बहन हुनेः छोराछोरीको जीवन बीमा गर्दा प्रस्तावकले अत्यन्तै कम बीमाशुल्क भुक्तानी गरेर विभिन्न जोखिम बहन थप गर्न सकिन्छ ।

जोखिम बहन शुरु हुने अवस्थाः
बीमा शुरु मिति देखी २ बर्ष अवधि पुरा भएपछि बीमालेख अन्तर्गत बीमित बच्चाको जोखिम बहन शुरु हुनेछ ।

लाभहरुः
मृत्युलाभः

बीमा अवधिभित्र तर जोखिम बहन शुरु हुनु भन्दा अगाडी बीमित बच्चाको मृत्यु भएमा कम्पनीलाई भुक्तानी गरेको बीमाशुल्क इच्छाइएको ब्यक्ति/कानूनी हकवालाई फिर्ता दिइनेछ ।

बीमा अवधिभित्र जोखिम बहन शुरु भैसके पछि बीमितको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत ले हुने रकम तत्कालै तथा बाँकी ७५ प्रतिशत बीमाङ्क र अर्जित बोनस बराबरको एकमुष्ठ रकम बीमा परिपक्वता मितिमा इच्छाइएको ब्यक्ति/कानूनी हकवालाई भुक्तानी दिइनेछ ।

परिपक्वता लाभः

बीमालेख चालु रहि बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क र बोनस बराबरको रकम बीमितलाई भुक्तानी दिइनेछ ।

बच्चाको बीमा गर्दा प्रस्तावकले आफ्ना सबै बीमायोग्य नाबालक केटाकेटीको समान बीमाङ्कको जीवन बीमा गर्नुपर्नेछ ।

यस योजनाका सामान्य शर्तहरुः
न्यूनतम प्रवेश उमेर : ० बर्ष
अधिकतम प्रवेश उमेर : १५ बर्ष
न्युनतम परिपक्वता उमेर : १८ बर्ष
अधिकतम परिपक्वता उमेर : ६९ बर्ष
बीमा अवधि : ५ देखी ५४ बर्ष
न्यूनतम बीमाङ्क : रु. ३००,०००/–
अधिकतम बीमाङ्क :रु. ५०,००,०००/–
बीमाशुल्क भुक्तानी गर्ने तरिका : बार्षिक/अर्ध–बार्षिक/त्रैमासिक/मासिक

प्रस्तावकको लागी थप लिन सकिने ऐच्छिक सुविधाहरु :

१. बीमाशुल्क छुट सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकको मृत्यु भएमा वा स्थायी रुपमा
पुर्ण अशक्त भएमा बाँकी अवधी बीमाशुल्क तिर्न नपर्ने गरि बच्चाको उमेर २५ बर्ष पुग्दा सम्म यो
सुबिधा लिन सकिन्छ । बीमालेख चालु रहि बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार
एकमुष्ठ रकम प्राप्त गर्दछ ।

२. मासिक आय सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकको दुर्घटना अथवा प्राकृतिक
कारणबाट मृत्यु भएमा बीमित बच्चाले उसको उमेर १६ बर्ष पुग्दासम्म बीमाङ्कको १% ले हुने रकम
मासिक रुपमा आय सुबिधा पाउँदछ । बाँकी अवधी बीमाशुल्क तिर्नु पर्दैन साथै बीमा अवधि
समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।

३. दुर्घटना मृत्यु लाभः बीमा अवधिमा कथंकदाचित प्रस्तावकको दुर्घटनाका कारण मृत्यु भएमा यो
सुबिधाको बीमाङ्क बराबर रकम भुक्तानी हुनेछ । दुर्घटना घटित भएको १८३ दिन भित्र मृत्यु भएमा
मात्र यो सुबिधा प्राप्त हुनेछ । दुर्घटनाबाट प्रस्तावकको मृत्यु भएमा बीमाशुल्क छुट हुन्छ, बच्चाले
मासिक आय सुबिधा पाउँदछ साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ
रकम प्राप्त गर्दछ ।

४. स्थाइ पुर्ण अशक्तता सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावक दुर्घटना अथवा बिरामीको
कारण स्थाइ पुर्ण अशक्त भएमा यो सुबिधाको बीमाङ्क बराबर रकम एकमुष्ठ भुक्तानी हुनेछ ।
दुर्घटना अथवा बिरामी भएको १८३ दिन सम्म प्रतिक्षा अवधि हुनेछ । प्रस्तावक स्थायी रुपमा
अशक्त भएमा बीमाशुल्क छुट हुन्छ साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार
एकमुष्ठ रकम प्राप्त गर्दछ

५. घातक रोग सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकलाइ कम्पनीले तोकेको १५ वटा घातक
रोगहरु मध्ये कुनै एउटा घातक रोग लागेमा यो सुबिधाको बीमाङ्क बराबर रकम भुक्तानी हुनेछ ।
यसमा प्रतिक्षा अवधि ९० दिन तथा रोग सुबिधा स्वतः खारेज हुनेछ ।

यस सुविधा अन्तर्गत पर्ने रोगहरु यसप्रकार रहेको छन् :

मृगौला फेलियर
प्राइमरी पल्मनरी आर्टेरीयल हाईपरटेन्सन
मल्टीपल स्लेरोसिस
महत्वपूर्ण अंग प्रत्यारोपण
कोरोनरी आर्टेरीयल बाइपास ग्राफट
अयोर्टा ग्राफट सर्जरी
मुटुको भल्बको सर्जरी
स्ट्रोक
पहिलो ह्रदयघाट
कोमापूर्ण अन्धोपना
बेन्गीन ब्रेन टिउमर

परालाइसिस
दुर्घटनाको कारणबाट भएको मानसिक आघात

माथिका ऐच्छिक सुबिधाहरु क्र.सं. १ दखी ४ सम्मका लागी अधिकतम बीमाङ्क रु. ५०,००,००० (रु. पचास लाख) तथा क्र.सं. ५ को लागी अधिकतम बीमाङ्क रु २०,००,००० (रु. बीस लाख) वा मुख्य बीमाङ्क मध्ये जुन कम हुन्छ सो बराबर मात्र लिन सकिनेछ ।

माथीका दुवै सुबिधा लिएको खण्डमा प्रस्तावक जीवित रहेमा वा मृत्यु अथवा स्थायी रुपमा अशक्त भएमा पनि बच्चाको शिक्षाले निरन्तरता पाउंने हुंदा उज्जवल भविष्य सुनिश्चित हुन्छ ।

यो योजनाका फाइदाहरुः

१. सानो सानो बचत गरि यथेष्ठ परिपक्वता मुल्य पाइने ।
२. सहुलियतपूर्ण बीमाशुल्कमा जोखिम बहन हुने ।
३. अत्याधिक रुचाइएको योजना ।
४. ऐच्छिक सुबिधा थप गरी लिन सकिने ।
५. प्रस्तावक समेतको जोखिम बहन हुने हुंदा बच्चाको भविष्य सुनिश्चित हुने ।
६. आवश्यक पर्दा बीमालेख धितो राखी कर्जा लिन सकिन्छ ।
६. बचत, सुरक्षा तथा उच्च प्रतिफल एकैसाथ प्राप्त हुने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*