सूर्या लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

२२ बैशाख २०७९, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेको नेप्से परिसूचक आज ३७ अंकले घटेर २२३८ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा लगानीकर्ताको संख्या थपिदै गएपनि कारोबार रकम घट्दै गइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको समयमा लगानीकर्ताहरु चुनाव प्रचारप्रसारमा होम्मिएको देखिएको छ । १२ लाख भन्दा बढी धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या रहेपनि कारोबार १।२ अर्बमा सीमित हुन पुगेको छ ।

आजको कारोबार रकमले पनि लगानीकर्ताहरुले घट्दै गइरहेको शेयरबजारलाई मध्यनजर गर्दै ‘होल्ड’ गरिरहेको देखिन्छ । आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक सूर्या लाइफ इन्योरेन्सको भएको छ । कम्पनीको आज ८ करोड ४५ लाख ८७ हजार २३२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७३ लाख, नबिल बैंकको ४ करोड ५२ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ४४ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*