नेप्से ३७ अंकले घटेर २२ सयको विन्दुमा, बीमा समुहको सर्वाधिक घट्दा १ अर्बमा कारोबार सीमित

२२ बैशाख २०७९, बिहीबार १५:१०

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा पुगेको छ । पछिल्लो केही महिनायता शेयरबजारमा लगातार गिरावट आइरहेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयरबजारमा पनि प्रभावित बन्दै गइरहेको छ । अघिल्लो दिन बुधबार ३१ अंकले घटेको नेप्से आज ३७ अंक अर्थात १.६३ प्रतिशतले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटेसँगै नेप्सेमा रहेका १३ उपसूचक पनि आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समुहको २६०.१५ रुपैयाँले घटेको छ भने निर्जिबन बीमा समुहको २६५.४२ रुपैयाँले घट्न पुगेको छ ।

पछिल्लो समय नेप्सेका सूचकहरुमा सर्वाधिक बीमा समुह प्रभावित बन्दै गइरहेको छ । नेप्से बढ्दा यी दुवै सूचक चम्किने र नेप्से घट्दा सर्वाधिक घट्न समुहमा पनि यही दुवै समुह पर्ने गरेको छ । बीमा समितिले बीमा कम्पनीको मर्जरको विषय र पुँजी बृद्धिको विषयले नेप्सेमा यी समुह प्रभावित देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*