सनराईज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट
२२ बैशाख २०७९, बिहीबार १४:५९
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यका साथ अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सनराइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।