एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा समितिको निर्देशन उल्लंघन, जोखिम व्यवस्थापन विभाग नहुँदा समस्या

२२ बैशाख २०७९, बिहीबार १३:२९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समितिको निर्देशनलाई उल्लंघन गरेको फेला परेको छ । बीमा समितिको निर्देशन नमान्दा कम्पनीको जोखिम व्यवस्थापन कमजोर हुन पुगेको छ ।

बीमा समितिले सो कम्पनीलाई गत चैत्र २० गते महिनादिनभित्रमा जोखिम व्यवस्थापन विभाग गठन गर्न निर्देशन दिएको थियो । सो कम्पनीले हालसम्म जोखिम व्यवस्थापन विभाग गठन नगरी अण्डरराईटिङमार्फत काम चलाउँदै आएको पाइएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा बीमा समिति आफैले इन्स्पेक्सनको क्रममा पत्ता लगाएर जोखिम व्यवस्थापन विभाग गठन गर्न लिखित निर्देशन दिएको थियो ।  एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन अनुसार जोखिम व्यवस्थापन विभाग गठन गरेको छैन । बीमा समितिले तोकेको समयावधी यही बैशाख १९ गते सकिएको हो । कम्पनीले बीमा समितिको निर्देशनलाई उल्लंघन गरेको मात्रै नभई अटेर गर्दै आएको छ ।

जोखिम व्यवस्थापन विभाग गठन नगरी बीमा समितिलाई अटेर गरेको सम्बन्धमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी बच्चु राम खड्कालाई जिज्ञाशा राख्दा कार्यकारी तहमा हुनुपर्ने निर्णय भएकोले आफूलाई कुनै जानकारी नभएको बताए । त्यस्तै, बीमा समितिले निर्देशन बमोजिम लगानी एयरमार्क गर्न समेत निर्देशन दिएको फेला परेको छ ।

अदालतको फैसला कार्यान्वयन नहुने निर्जिवन बीमा क्षेत्रमा नियामक निकायको निर्देशन समेत पालना हुन छोडेपछि बीमा क्षेत्रमा दण्डहिनता बढ्दै गएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*