नबिल बैंकद्धारा विशेष साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
२२ बैशाख २०७९, बिहीबार १३:१३
काठमाडौं । नबिल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको आज बसेको बैठकले सभा आउँदो जेठ ७ गते बस्ने निर्णय गरेको हो ।
उक्त सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गर्नेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जानका लागि गत पुष २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
यी दुवै बैंकको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले पनि गत फागुनमा सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।
बैंकले जेठ ७ गते हुने विशेष साधराण सभा प्रयोजनका लागि वैशाख ३० गते एक दिन बुक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २९ गतेसम्म कायम शेयधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।