नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैकको आज ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
एभरेष्ट बैंकले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८.५ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक डिबेञ्चर २०८६’ नामक ऋत्रपत्र जारी गरेको थियो । बैंकले २ अर्ब बरारबको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
कुल २० लाख कित्ता ऋणपत्रमा बैंकले ब्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । सर्वसाधारणलाई छुट्याइएको मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो ।
सर्वसाधारणलाई छुट्याइएको सो ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत पश्चात आइतबारदेखि नै लगानीकर्ताले उक्त ऋणपत्र खरिदबिक्री गर्न पाउनेछन् ।