रिलायन्स लाइफको बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम सम्पन्न

२२ बैशाख २०७९, बिहीबार ११:१३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो ।

सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला विभाजन गरिए अन्तर्गत गरिएको थियो। डडेल्धुराका शाखा(प्रबन्धक लक्ष्मण दत्त पाण्डेयका अनुसार सो कार्यक्रममा स्थानीय सर्वसाधारण विशेष गरि युवाहरुको उत्सुक्तापुर्ण सहभागिता रहेको थियो ।

यस महत्वपूर्ण कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने पनि उनले व्यक्त गरे ।

बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले चालु आर्थिक वर्षभित्र बीमाको दायरा ३३ प्रतिशत भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ । सोअनुसार समितिले जीवन बीमा कम्पनीहरुलाई स्थानीय निकायमा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गर्न दिएको निदेर्शन बमोजिम रिलायन्स लाइफ इन्स्योरेन्सले डोटीमा उक्त कार्यक्रम संचालन गरेको जनाएको छ ।

सो कार्यक्रममार्फत डोटीबासीहरुमा बीमाको जानकारी बढेको र बीमातर्फ स्थानीयको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम, पुनर्जागरण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

अघिल्लो हफ्ता कम्पनीले पूर्वी रुकुममा उक्त कार्यक्रम गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*