नेपाल लाइफ कुश्मा शाखाको २२ औं वार्षिकोत्सब सम्पन्न

२२ बैशाख २०७९, बिहीबार १०:५३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२ औं वार्षिकोत्सबका अवसरमा कम्पनिको कुश्मा उपशाखाले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।शाखामा आबद्ध अभिकर्ताहरु बिच गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सबको सुभारम्भ गरिएको थियो ।

नेपालकै नम्बर एक मानिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सब अवसर पारेर कुश्मा उपशाखाले शाखाबाट हुने सम्पुर्ण सेवाहरु समेत सुभारम्भ गरेको छ ।आजसम्म कुश्मा शाखाले लोन, सरेण्डर, सर्भाइवल, म्याच्युरिटी भुक्तानी, अभिकर्ता कमिसन लगायतका सुबिधा उपलब्ध गराउन नसकेकोमा आजैदेखि उक्त सेवाहरु सुचारु गरिएको बताइएको छ । अभिकर्ता र बिमितलाइ सहज होस भनी उक्त सेवाहरु सुभारम्भ गरिएको शाखाका शाखा प्रमुख ज्ञानु कुंवरले जानकारी दिएका थिए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल कै नम्बर एक कम्पनीको रुपमा रहेको छ ।कार्यक्रमका अवसरमा अभिकर्ता संघर्ष समितिका केन्द्रिय सचीव रामशरण पोख्रेल, एजेन्सी म्यानेजरहरु चिरञ्जीवी रिजाल, देबि कुमारी गुरुङ, देबि कुमारी शर्मा भुसाल, सानिमा लाइफका कुश्मा प्रमुख सुर्य पौडेल लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्स कुश्मा उपशाखा प्रमुख ज्ञानु कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभिकर्ता संघ कुश्माकि अध्यक्ष सरस्वती गिरि र संचालन कुश्मा उपशाखाकि अन्डरराइटिङ पबित्रा कुमाल शर्माले गरेका थिए ।

सो अवसरमा बर्ष २०७६र०७७ मा उत्कृष्ट ब्यवसाय दिने अभिकर्ताहरुलाई नेपाल लाइफ स्पेसल डायरी, प्रमाणपत्र र खादा र अबिरले सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*