सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस बचत खाता’ संचालनमा, यस्ता छन् सुविधा

२१ बैशाख २०७९, बुधबार १४:४५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले नयाँ वर्षलाई लक्षित गर्दै ‘प्लाटिनम प्लस बचत खाता’ संचालनमा ल्याएको हो ।

उक्त खाता अन्तर्गत ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । साथै आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट (पहिलो वर्षका लागि) प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, पहिलो वर्षमा निःशुल्क डेबिट कार्ड, मोबाईल बैकिङ्ग सेवा, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैकिङ, क्रेडिट कार्ड, डिम्याट–मेरो शेयर सि–आस्वा, प्रिपेड कार्ड पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*