चालु आवको तेस्रो त्रैमाससम्ममा स्वरोजगार लघुवित्तको यस्तो देखिया वित्तीय अवस्था
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १६.९७ प्रतिशले बढेको हो । गत आवको तेस्रो त्रैमासम्ममा लघुवित्तले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवैमा प्रशंसनीय सुधार देखिएको छ । खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले बढेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १०९ प्रतिशतले बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले चालु आवको ९ महिना अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब रुपैयाँ सापटी लिई ७ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, यस अवधिसम्म ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापुँजी २५ प्रतिशतले बढेर ५१ करोड ४० लाख रुपैयाँ पुगेकोमा रिजर्भको आकार ३६.२२ प्रतिशतले बृद्धि भई २२ करोड ५१ लाख रुपैयाँ संचित रहेको छ ।
संस्थाको प्रतिशेयर आम्दानी यस अवधिसम्म ३४.१८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४३.८ रुपैयाँ रहेको छ । त्यस्तै, खराब कर्जा २.८३% पुगेको छ ।