सूर्या लाइफको व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट

२१ बैशाख २०७९, बुधबार ११:५५

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै छुट प्रदान गर्ने जनाएको हो ।

ऊक्त कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा वैशाख २१ देखि जेठ ३१ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा कम्पनीले छुट दिने भएको हो ।

कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ ।
साथै कम्पनीले सन २०२२ मा परिपक्क हुने बीमालेखहरुमा उक्त छुट सुुविधा लागू नहुने र यस सुविधा अन्तर्गत एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नहुने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*