महिला लघुवित्तको नाफा ५५ प्रतिशतले बृद्धि, इपिएस ९० रुपैयाँ ४२ पैसा पुग्यो

२१ बैशाख २०७९, बुधबार ११:४२

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले चालु आज प्रकािशत गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ५५.७० प्रतिशतले बृद्धि भएको हो । गत आवको यसै अवधिसम्म संस्थाले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता संस्थाको नाफामा उल्लेख्य सुधार आएसँगै प्रतिशेयर आम्दानीमा समेत उल्लेख्य बृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ८५.६६ रुपैयाँ रहेको इपिएस यस अवधिसम्म ४.७६ रुपैयाँ बढेर ९० रुपैयाँ ४२ पैसा पुगेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानीमा लघुवित्तको प्रसंशनीय बृद्धि भएको छ भने संचालन नाफा घट्न पुगेको छ । खुद ब्याज आम्दानी २८.८५ प्रतिशतले बढेर २० करोड ६८ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ४८.१४ प्रतिशतले घटेर ४ करोड १० लाख रुपैयाँमा कायम भएको छ ।
समिक्षा अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ सापटी लिई ४ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै यस अवधिसम्म संस्थाले १ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

चालु आवको ९ महिनासम्ममा लघुवित्तको चुक्तापुँजी ४७.५० प्रतिशतले बृद्धि भई १४ करोड ७५ लाख रुपैयाँ पुगको छ भने जगेडा कोषको आकार ३०.३६ प्रतिशतले बृद्धि भई २५ करोड रुपैयाँ संचित रहेको छ ।

यस अवधिसम्म संस्थाको खराब कर्जा २.९७ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५५ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*