युनााइटेड इदिमर्दी हाइड्रोपावरको साधारण सभा जेठ १४ गते, शेयरधनीलाई छैन लाभांश

२१ बैशाख २०७९, बुधबार ११:०१

काठमाडौं । युनाईटेड इदिमर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले सभा जेठ जेठ १४ गते आभ्या क्लब, घारीपाटन पोखरा कास्कीमा बिहान ११ बजे बस्नेगरी निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासालात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सहितको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७८।०७९ को लागि नलेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक कम्पनीका शेयरधनीहरुको हात रित्तो हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ वैशाख ३० गते दाखिला खारेज बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख २९ गतेसम्म कायम शेयधरनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*