२२ औं वर्षमा नेपाल लाइफ, अझै उत्कृष्ट बनाउने प्रतिबद्धता

२१ बैशाख २०७९, बुधबार ०९:२७

काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २२ औं वर्षमा प्रवेश गरेको छ । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीले आफ्नो स्थापनाको २२ औं बार्षिकोत्सवको अवसरमा अझै सरल जीवन बीमा सेवा प्रवाह गर्दै उत्कृष्ट कम्पनीको रुपमा निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले नेपाल लाइफलाई आजको अवस्थामा ल्याउन भूमिका निर्वाह गर्ने लगानीकर्ता, कर्मचारी, बीमा अभिकर्ता तथा नियामक निकायमा हार्दिक आभार व्यक्त गरेका छन् । अध्यक्ष संघाईले २२ र्औ बार्षिकोत्सवको अवसरमा अझै उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । अर्का सञ्चालक कमलेश अग्रवालले नेपाल लाइफको बार्षिकोत्सव ऐतिहासिक दिन भएको बताउँदै सबै कर्मचारी तथा अभिकर्ता र लगानीकर्ताहरुल खुशी मनाउन आह्वान गरेका छन् ।

 

कम्पनीका कार्यकारी प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बार्षिकोत्सवको अवसरमा कम्पनीलाई बीमितहरुको चासोलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

देशको सबैभन्दा ठूलो बीमा कम्पनीप्रति आम जनताको अपेक्षा, लगानीकर्ताहरुको अपेक्षा, नियामक निकायको अपेक्षा र राज्यको अपेक्षालाई केन्द्रमा राखेर काम गर्दै व्यवसायिक मूल्य मान्यता अनुरुप कम्पनीलाई अघि बढाउने प्रतिबद्धता कामु सिईओ पराजुलीले व्यक्त गरेका छन् । साथै कामु सिईओ पराजुलीले बार्षिकोत्सवलाई आज भव्य रुपमा मनाउन समेत सबैलाई आह्वान गरेका छन् । सबै कर्मचारी, अभिकर्ता तथा शुभेच्छुकहरुलाई आजको रक्तदान कार्यक्रममा सहभागी भई २२ औं बार्षिकोत्सवमा पुण्यकर्म गर्न आह्वान गरेका छन् ।

२२ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले आज विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म कमलादी, गठ्ठाघर, इटहरी, जनकपुर, बीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

नेपाली जीवन बीमा व्यवसायको सात दशकभन्दा बढि बीमा इतिहासमा विगत केही वर्षदेखि नेपाली बीमा बजारको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रवाह गर्दै आएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*