बीमा समितिले जीवन बीमाका अध्यक्ष र सिईओहरुसँग पुँजिवृद्धि योजनाको बिषयमा भोलि छलफल गर्दै

२० बैशाख २०७९, मंगलवार १४:१४

काठमाडौं । गत साता बींमक संघसँग पुँजिवृद्धि सम्बन्धी छलफल गरेको बीमा समितिले जीवन बींमक संघलाई छलफलको लागि भोलि बोलाएको छ। समितिले पूँजी वृद्धि सम्वन्धी छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ तथा संचालकलाई भोलि बोलाएको हो ।

समितिले जीवन बीमा कम्पनीका सिईओ, अध्यक्ष र संचालकहरुलाई पूँजी वृद्धिवारे छलफल गर्न बोलाईएको हो । बीमा समितिले बुधबार ४ बजे पूँजी वृद्धि सम्वन्धि छलफल गर्न कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न बोलाएको हो ।

समितिले कम्पनीको तर्फबाट अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सिईओ) र संचालकहरुमध्येबाट एक जनालाई कार्यक्रममा उपस्थित हुन् आग्रह गरेको छ। बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धिका लागि योजना पेश गर्न गत चैत १० गते निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीलाइै न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको थियो । एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी बृद्धिको योजना पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही बमोजिम बीमा कम्पनीहरुले योजना पनि पेश गरेका छन् । समितिको निर्देशन अनुरुप सम्पुर्ण कम्पनीहरुले आ–आफ्नो योजना पेश गरिसकेका छन् ।

समितिले सम्पुर्ण कम्पनीहरुको पूँजी बृद्धि योजना पेश भईसकेपछि पहिलो चरणमा छलफलका लागि कम्पनीहरुसँग छलफल गरिरहेको हो । अधिंकाश बीमा कम्पनीहरुले पहिला बोनस शेयर, बोनस शेयर वितरण पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने योजना पेश गरेका छन् । कतिपयले कम्पनीहरुले पुँजिवृद्धिको लागि मर्जरको प्रस्ताव विकल्पको रुपमा पेश गरेका छन् । समितिको निर्देशन अनुरुप सम्पुर्ण कम्पनीहरुले आ–आफ्नो योजना पेश गरिसकेका छन् ।

यसअघि बीमा समितिले गत बैशाख १५ गते बिहीबार निर्जीवन बीमा कम्पनीका सीईओ, संचालक समितिका अध्यक्ष र संस्थापक शेयरधनीहरुसँग छलफल गरेको थियो ।उक्त छलफल पश्चात् समितिले जीवन बीमा कम्पनीहरुलाई भोलि बोलाईएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*