एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ ।
सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सभामा चालु आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १२ गते बन्द गरिसकेको छ । यस आधारमा वैशाख ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।