आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप

२० बैशाख २०७९, मंगलवार १०:१५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको अवतरित शेयर पुन समयअवधि थप गरिएको हो ।

कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर बैशाख १२ गते देखि लिलामीमा ल्याएको हो ।

वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको यो शेयर वैशाख २० गते इदको सार्वजनिक बिदा परेकाले वैशाख २१ गतेसम्मको मिति तय गरिएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*