थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सूर्या लाइफ तीनवटा बिधामा सम्मानित

१९ बैशाख २०७९, सोमबार २१:५२

काठमाडौ। सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मान गरेको छ ।

कम्पनी बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री र आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपालु आवार्डबाट सम्मानित भएको हो।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी इन्डियन इन्स्टुच्युट अफ इन्स्योरेन्स लगायत थुप्रै प्रतिस्ठित संस्थाहरूबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचांकहरूमा उत्कृष्ट कार्य सम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो।

बिमस्टेक मुलुकहरूबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरू लिएका हुन्।

नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहका बीच आयोजना गरिएको उक्त कार्यक्रममा सिइओ पवन कुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाइएका भूमिका र कदमहरूका बारे विस्तृत रूपमा बताए।नेपालमा डिजिटल प्रविधि र आर्टिफिसिल इन्टेलिजेन्स ९एआई० को बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा समेत उनले बताए।

साथै, बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्‍याउन र जनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठुलो भूमिका खेल्ने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*