अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललालई आर्थिक सहयोग गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललालई आर्थिक सहयोग गर्ने भएको छ । आगामी २ वर्षभित्र नेपाललाई २८२।४ मिलियन डलर९३४ अर्ब० सहयोग गर्ने भएको छ ।
आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आईएमएफले पहिलो चरणको सहयोग रकम नेपाललाई दिइसकेको छ । पहिलो चरणको सहयोग पछि दोस्रो चरणको सहयोगका लागि आईएमएफका प्रतिनिधि नेपालमा आएका छन् ।
इनह्यान्स क्रेडिट फ्यासिलिटी अन्तर्गत सो सुविधा आईएमएफले नेपाललाई दिन लागेको हो । नेपाललाई आईएमएफले बजेटरी सहायता अन्तर्गत सो सहयोग उपलब्ध गराउन लागेको हो ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार सन् २०२४ सम्ममा दिइने उक्त सहयोग रकममध्ये पहिलो चरणमा ७८।५ मिलियन डलर नेपाल पठाइसकेको छ । दोस्रो किस्ता दिनु अघि पहिलो किस्ताको समिक्षा गर्न आईएमएफका अधिकारी नेपाल आएका हुन् ।