तोकिएको समयमा बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउनुपर्छ: अध्यक्ष सिलवाल

१९ बैशाख २०७९, सोमबार १४:००

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुक र बीमकको हितको लागि पुँजिपृद्धि योजना आवश्यक रहेको हुँदा एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजि बढाउनै पर्ने बताएका छन् ।

बीमा समितिको आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिलवालले भने, बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो । बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।पुँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्पहरु खोज्नुपर्जे आवश्यक रहेको उनले बताए । पुँजी वृद्धिको लागि भने समयअवधि थप नगर्ने उनले बताए ।

“मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्नसक्छ ।”

उनले भने, “बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुपयो । दाबी भुक्तानी हुनुपयो । कम्पनीको मुनाफा बढ्नुप¥यो । देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पयो । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र संभावना पनि छ, त्यहाँ कम्पनीहरु जानुप¥यो । शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुपयो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिनुहुँदै पुँजी वृद्धिका लागि कतिपयले हकप्रद सेयर, कतिपयले बोनश सेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*