नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
१९ बैशाख २०७९, सोमबार १६:५५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
यी दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । हिमालयन जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशत र समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
इन्स्योरेन्सको सो प्रतिशत दरको ७ लाख ३१ हजार ७२४ कित्ता बोनस शेयर र समता घरेलु लघुवित्तले सो प्रतिशत दरका ५ लाख ७१ हजार २४० दशमलव २० कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।
सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।