नेपाल फाइनान्सको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला त कारोबार ?

१९ बैशाख २०७९, सोमबार १६:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएसँगै बुकक्लोज गरेकाले नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज कारोबार बन्द हुुनुभन्दा अघि कम्पनीको कायम शेयरमूल्य ४५९ रुपैयाँका आधारमा नेप्सेले हकप्रद निष्काशनका लागि बुकक्लोज भएपछिको शेयरमूल्य ३११ रुपैयाँ १८ पैसा कायम गरेको छ ।

भोलि बक्र ईद परेको हुनाले नेपाल सरकारले सार्वजनि विदा घोषणा गरेको छ । यसर्थ भोलि शेयरबजार बन्द रहनेछ । बुधबार नेपाल फाइनान्सको शेयरमूल्य ३११.१८ रुपैयाँका आधारमा कारोबार खुल्नेछ ।

कम्पनीले वैशाख १० बराबर नयाँ ७ कित्ता (१०ः७) अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*