सुनचाँदीको मूल्य सस्तिँदै, प्रतितोला कति ?

१९ बैशाख २०७९, सोमबार १२:२६

काठमाडौ । सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सयले घटेर ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य ९९ हजार रुपैयाँ र तेजाबी सुन ९८ हजार ५०० रुपैयााँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १२९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*