नेपाल फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
१९ बैशाख २०७९, सोमबार ११:५८
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद निष्काशन प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले आवेदन दिन पाउने नियम भएतापनि वैशाख २० गते बक्र ईदको सार्वजनिक परेको हुनाले आजसम्म कायम शेयरधनीहरुले मात्रै उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १० बराबर नयाँ ७ (१०ः७) को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन बिक्री प्रबन्धकमा प्रभु क्यापिट लिमिटेड रहेको छ ।