मल्टीपर्पस फाइनान्सको नाफा ८३% ले घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।
चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ८३.३९ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको ९ महिनासम्म कम्पनीको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्न पुगेको छ । जसकारण कम्पनीको नाफा घट्न पुगेको हो । यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ७१.७२ प्रतिशतले बढेर १ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८६.७७ प्रतिशतले घटेर ५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिम्म कम्पनीले ५९ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, कम्पनीको चुक्तापुँजी भने यस अवधिसम्म १३ प्रतिशतले बढेर ४५ करोड रुपैयाँ पुगेको छ । साथै यस अवधिसम्म कम्पनीको जगेडा कोषको आकार समेत १२.४४ प्रतिशतले घटेर ४ करोड ९ लाख रुपैयाँ संचित रहेको छ ।
समिक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ पैसा र प्रतिशेयर नेटवर्थ १२४.७६ पैसा रुपैयाँ रहेको छ ।