शिखर इन्स्योरेन्सको अवतरित हकप्रद शेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने

१९ बैशाख २०७९, सोमबार ०८:३७

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अवतरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

कम्पनीको सर्वसाधारण समुहतर्फको ७७ हजार ७२० कित्ता हकप्रद शेयरको लागि आवेदन नपरेकोले उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसअनुसार आवेदकले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने जुन कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आज (वैशाख १९ गते)देखि वैशाख २६ गते २ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै बोलपत्र एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु, पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरमा बोलपत्र पेश गर्न सक्नेछन् ।

यसका साथै नेपाल इन्भेष्टमेण्ट बैंकका शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, विर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालजंज र धनगढीबाट बोलपत्र पेश गर्न सक्नेछन् । उक्त अवतरित हकप्रद शेयर बिक्री प्रबन्धमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*