१३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा पत्रकार खड्का सम्मानित

१९ बैशाख २०७९, सोमबार ०५:१५

काठमाडौं । मे दिवस अर्थात् १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले
पत्रकार रामचन्द्र खड्कालाई सम्मानित गरेकाे छ । साथै साेही अवसरमा बिभिन विधामा योगदान पुर्याएका ब्यक्तिहरु लाइ कदर एवम् समान गरेको छ।

श्रमिक मजदुरको हकहित र अधिकार प्राप्तीकालागि पत्रकारिताको माध्यामबाट विशेष सहयोग पुर्याएको भन्दै युनिटी भ्वाइस मासिक पत्रिकाका सम्पादक रामचन्द्र खड्कालाई सम्मानित गरिएकाे हाे । विगत दुई दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय खड्का मेट्राे अनलाइन दैनिकका सम्पादक प्रकाशक समेत हुन् ।

श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अबसरमा विश्वमा शान्तिको कामना गर्दै आयोजना गरेको कार्यक्रममा सो सम्मान गरेको छ । महासंघका अध्यक्ष रामबहादुर तामाङ र लामा गुरु सेरकोङ दोर्जे छ्याङ रिन्पोछेले खड्का लाई समेत सम्मान तथा कदर पत्रबाट सम्मान गरिएको छ ।

श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर (मे ) श्रमिक दिवस मनाइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*