बाराको जितपुरमा नविल बैंकको नयाँ शाखा विस्तार

१८ बैशाख २०७९, आईतवार १६:१२

काठमाडौं । नविल बैंकले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले १ सय ४२ औँ शाखा बाराको जितपुरमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका निर्देशक राजन देव भट्टराईले बिहिवार एक कार्यक्रमका बिच जितपुर शाखाको उद्घाटन गरेका हुन् ।

नविल बैंक लिमिटेड ब्यवस्थापक कमिटीका सदस्य तथा बैंकका प्रमुख सञ्चालन अधिकृत गणेश प्रसाद अवस्थिको सभाध्यक्षतामा कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अवस्थिले नबिल बैंकको सेवाग्राहीले घरमै बसेर मोवाइलबाटै सबै प्रकारका बैंकिङ्ग कारोवार गर्न सकिने जानकारी दिएका थिए ।

नेपालमा बैंकिङ्ग कारोवारलाई डिजिटलाइज गराउने बैंक मध्येको पहिलो बैंक नविल भएको बताउँदै उनले अब बैंक धाउने बाध्यकारी अवस्था नरहेको बताए । खाता खोल्नदेखि लिएर बैंक ग्यारेन्टी बनाउने, एलसी खोल्ने, पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु अनलाइनमार्फत घरैबाट गर्न सकिने अवस्थिको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*