बीमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पुयाउन सक्छ : अध्यक्ष सिलवाल

१८ बैशाख २०७९, आईतवार १३:३४

काठमाडौं । बिफिनको एक दिने इन्स्योरेन्स कन्र्फेन्स कार्यक्रम सम्पन्न भएको छ।  बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआईएन ) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (बिआईटेक ) सँगको सहकार्यमा कन्फ्रेन्स अन यूजेरिङ सिर्फट इन द इन्स्योरेन्स इन्डस्ट्रीज इन नेक्स्ट डिकेट– रिसाईनेन्स टु चेञ्ज शिर्षकको एकदिने कार्यक्रम होटल एलफ्ट, काठमाडौंमा सम्पन्न भएको हो । त्यस्तै, कार्यक्रममा पाँच वटा डिस्कसन प्यानलमा छलफल गरिएको थियो ।

 

 

उक्त सम्मेलनमा बीमा व्यवसायीहरु, बैंकरहरु, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका करिब १२० प्रोफोसरहरुको सहभागिता रहेको थियो ।सम्मेलनको उद्घाटन कार्यक्रमका विशिष्ट अथिती प्रोफेसर डा. हरिवंश चतुर्वेदीले गरेका थिए ।

सम्मेलनमा कोरोना महामारीको असर पश्चात परिवर्तित बीमा व्यवसायीक वातावरणको साथै बीमा क्षेत्रमा देखिएका कैयौं नयाँ आयामहरु जस्तै उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षाहरु, इन्स्योरेन्स टेकको विकास, साइबर सुरक्षा, जलवायु परिवर्तन, तिव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता लगायतका विषयमा नेपाल, भारत र बंगलादेश बाट उपस्थित सहभागीहरुको बिचमा छलफल भएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथी बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले यस्ता कार्यक्रमको आयोजनाबाट नेपालको बीमा व्यवसायले भारत र बंगलादेशको अनुभवबाट आगामी दिनमा तय गर्नुपर्ने बाटो निर्धारण गर्न सहयोग पुग्ने तथा बीमा व्यवसायको क्षेत्रलाई थप परिष्कृत गर्न सहयोग पुयाउने विस्वास व्यक्त गरेका थिए ।

यसका साथै डार्फट भईसकेको नेशनल इन्स्योरेन्स पोलिसी पारित भई कार्यान्वयनमा आउन सकेमा बीमा क्षेत्रको विकासमा सहयोग पुग्ने विस्वास समेत व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष सिलवालले बीमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउन सकिने भन्दै आगामि बजेटमा बीमा क्षेत्रको विकासको लागि धेरै भन्दा धेरै नितिहरु आउने आशा समेत व्यक्त गरेका थिए ।

 

कार्यक्रमको प्रमुख प्रायोजक मनोज रि इन्स्योरेन्स ब्रोकर , मुख्य प्रायोजक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिल्भर स्पोन्सर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, जेबी बोडा,  एटलस डी कार्गो प्रा। लिमिटेड र मिडिया पार्टनर द इन्स्योरेन्स टाइम्सको साथसाथै बीमा क्षेत्रका सम्पूर्ण संस्थाहरूलाई सहभागीताको रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*