सूचना तथा संचार प्रविधि दिवसको अवसरमा एनटिसीको कम्बो अफर

१८ बैशाख २०७९, आईतवार १३:०६

काठमाडौं । नेपाल टेलिकमले वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस–२०७९ को अवसरमा ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस अफर’ उपलब्ध गराउने भएको छ ।

एनटिसीले आफ्ना ग्राहकहरुका लागि अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ गतेदेखि वैशाख २४ गतेसम्म उपलब्ध हुनेछ ।

उक्त अफरअन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । त्यस्तै, २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र अन–नेट लिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएकोमा सो अवसरमा एनटिसीले ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध गराउनेछ ।

एनटिसी प्रयोगकर्ताहरुले *१४१५# डायल गरी वा नेपाल टेलिकम एप प्रयोग गरी उक्त सुविधा खरिद गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*