सनराइज बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा

१८ बैशाख २०७९, आईतवार ११:११

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । शेयरधनी प्रधानले आफ्नो नाममा रहेको १ लाख १० हजार २५७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय गैह्रिधारा स्थित शेयर रजिष्ट्रार विभागमा लाहाछाप सहितको शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि निवेदन नपरेको खण्डमा कुनै पनि निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*