असुरक्षित बन्दै बुद्ध एयरका उडान, धावनमार्गमै पड्किन थाले टायर

१८ बैशाख २०७९, आईतवार ०८:४२

काठमाडौं । बुद्ध एयरको नेपालको निजि हवाई क्षेत्रमा गौरवपूर्ण ब्राण्ड र नाम दुवै हो । तर, पछिल्लो समय बुद्ध एयरको ब्राण्ड, विश्वसनीयतामाथि यसका प्राविधिक पक्षले कडा चुनौति दिन थालेका छन् ।

 

पछिल्लो छ महिनाको तथ्याङ्क हेर्ने हो भने बुद्ध एयरका एक दर्जनभन्दा बढि नागरिकको जीवनसँग सम्बन्धित प्राविधिक समस्याहरुबाट कम्पनी गुज्रेको छ । आकाशमै इन्जिनबाट धुवाको मुस्लोसहित फेल फेल भएर आपतकालिन अवतरण होस्, पछाडिको ल्याण्डिङ गिएर नखुलेको घटना होस् वा अन्य प्राविधिक कारणका कारणबाट गौरवपूर्ण र नेपालको आन्तरिक हवाई उड्डयन क्षेत्रमा दवादवा बनाउन सफल बुद्ध एयर दिनानु दिन असुरक्षित बन्दै गइरहेको छ ।

 

पछिल्लो पटक हिजो अपरान्ह भैरहवास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौं उडान भर्न लागेको जहाजको पाङ्ग्रा पड्किएको छ । धावनमार्गमा पाङ्ग्रा नै पड्किएपछि उडान र अवतरण समेत अवरुद्ध हुन पुग्यो । बुद्ध एयरले जोगाडका सामानहरु प्रयोग गर्न थालेको, कमजोर कच्चा सामानहरुका कारण लगातार प्राविधिक समस्या आइरहेको छ । गम्भिर विषय के हो भने भैरहवामा काठमाडौं उडानको क्रममा टायर पंचट नभई काठमाडौंस्थित विमानस्थलमा अवतरणको क्रममा टायर पंचट भएको भए के हुन्थ्यो । संयोगवश हिजो काठमाडौं आउने क्रममा रहेको जहाज ९एनएएसजे उडान भर्नुअघि नै धावनमा टायर पंचर भएकोले काठमाडौंमा अवतरणको क्रममा हुनसक्ने ठूलो दुर्घटना टरेको छ ।

 

पछिल्लो समय बुद्ध एयरका जहाजहरुले उडान तालिक फेरबदल गर्ने, समयमा उडान नगर्ने तथा कमजोर प्राविधिक पक्षका कारण विश्वसनीयता गुम्दै गइरहेको छ । यद्यपि बुद्ध एयरका कुशल चालकहरुको कारण बुद्धको एयरको साख जोगिइ नै रहेको छ । तर लगातारको प्राविधिक समस्या, लगातारको संयोगवशबाट बच्दै आएको बुद्धले तत्काल प्राविधिक रुपमा आफूलाई सुधार नगर्ने हो भने उसको व्यापारिक साम्राज्य र भविष्यमाथि मात्रै प्रश्न चिन्ह उठ्ने छैन । थुप्रै आम यात्रुहरुले सास्ती भोग्न बाध्य हुनेछन् । साथै नेपाली बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीले समेत ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*