रुकुममा रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम

१६ बैशाख २०७९, शुक्रबार १४:२९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले पूर्वी रुकुममा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो ।

सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला विभाजन गरिए अन्तर्गत गरिएको थियो ।

नेपालगंजका एरिया मेनेजर रुद्र प्रसाद अधिकारीका अनुसार सो कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमले बीमा सम्बन्धी जनचेतना बढाउनेमा कम्पनी विश्वास राखेको छ ।

साथै, बीमा समितिको यस महत्वपूर्ण कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने पनि उनले व्यक्त गरे ।

बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले चालु आर्थिक वर्षभित्र बीमाको दायरा ३३ प्रतिशत भन्दा माथ पुर्याउने लक्ष्य राखेको छ । सोअनुसार समितिले जीवन बीमा कम्पनीहरुलाई स्थानीय निकायमा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गर्न दिएको निदेर्शन बमोजिम रिलायन्स लाइफ इन्स्योरेन्सले पूर्वी रुकुममा उक्त कार्यक्रम संचालन गरेको जनाएको छ ।

सो कार्यक्रममार्फत रुकुमबासीहरुमा बीमाको जानकारी बढेको र बीमातर्फ स्थानीयको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम, पुनर्जागरण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*