सिइओ नियुक्तिको अनुमोदन गर्न युनियन लाइफको साधारण सभा कहिले हुँदैछ ?

१६ बैशाख २०७९, शुक्रबार १३:५८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत चैत २९ गते बसेको संचालक समितको बैठकले सभा वैशाख २३ गते टाइगर प्यालेस, भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले कम्पनीले सामुहिक लगानी कोष संचालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य कुनै जीवन बीमा कम्पनीसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने आवश्यक सम्पुर्ण प्रक्रियागत अवलम्बन गरी प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान समेत गर्नेछ ।

यसबाहेक सोही सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । साथै संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधराण समुहबाट प्रनिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ संचालकको नियुक्तिको अनुमोदन र प्रमुख कार्यकारी अधिृकतको पुनः नियुक्तिको अनुमोदन गर्ने सभाएको एजेण्डा रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई साधारण शेयर जारी गरेको करिब एक वर्ष भएको छ । यस आवमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गर्ने घोषणा गरेको छैन । यसर्थ यसपटक कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*